यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२३ साउन २०७९ ८:३७
256
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ७९ पैसा र बिक्री दर १२९ रुपैयाँ ४१ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ६९ पैसा र बिक्री दर १५३ रुपैयाँ ४२ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४० पैसा र बिक्री दर ८७ रुपैयाँ ८१ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ २७ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३७ पैसा र बिक्री दर ९ रुपैयाँ ४१ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ६६ पैसा र बिक्री दर ३३ रुपैयाँ ८२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ५० पैसा र बिक्री दर ३४ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.