राष्ट्र बैंकले ७ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्दै, दिउँसो ३ बजे बोलकबोल हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिनको लागि उक्त ट्रेजरी बिल जारी गर्न लागेको हो।
बैंकले जारी गर्ने उक्त ट्रेजरी बिल कार्तिक २२ गते परिपक हुनेछ। ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार (आज)दिउँसो ३ बजे खुला हुनेछ।
सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment