आदर्श लघुवित्तको अधिकांश सूचकमा आकर्षक सुधार

डिसी नेपाल
२३ साउन २०७९ ९:२८
88
Shares

काठमाडौँ। आदर्श लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्बजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश वित्तीय सूचक आकर्षक देखिएको छ।

यस लघुवित्तको खुद नाफा ८८६.१२ प्रतिशतले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ६८ लाख ९३ हजार रुपैयाँ पुगेको छ।अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ६ लाख ९९ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी १४.४६% ले बढेको छ। अघिल्लो वर्षको तुलनामा कम रकम प्रोभिजनिङमा गर्नुपर्ने भएपछि सञ्चालन नाफा ८४१.६०% ले बढेको छ। समिक्षा अवधिसम्ममा कम्पनीले १० लाख ७४ हजार रुपैयाँ राइट ब्याक गरेको हो। कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ।

रिजर्भ कोष पनि आकर्षक देखिएको छ। रिजर्भमा १०३.९०प्रतिशतले सुधार हुँदै १ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ। असार मसान्तसम्म आइपुग्दा आदर्शको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ २९ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.