हिमालयन हाइड्रोपावरको सेयर कारोबार खुल्यो
काठमाडौँ। हिमालयन हाइड्रोपावरको सेयर कारोबार आज (सोमबार)देखि खुल्ला भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले निर्धारण गरेको रेन्जभित्र स्पेसल प्रिओपन सेसनमा सेयर कारोबार हुन नसकेपछि आइतबार नियमित समयका लागि कारोबार खुल्न सकेको थिएन। त्यही भएर आजदेखि नियमित समयका लागि उक्त कम्पनीको सेयर कारोबार खुल्ला भएको हो।
नेप्सेमा कम्पनीको आइपिओ शुक्रबार सूचिकृत भएको थियो। आइपिओ सूचिकृत भएसंगै पहिलो सेयर कारोबार गर्न नेप्सेले कम्पनीलाई न्यूनतम ७६.३३ रुपैयाँदेखि अधिकतममा २२८.९९ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो। यसको सेयर काराेबार गर्नका लागि एचएचएल संकेत प्रदान गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment