तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट, कुनको भाउ कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
आजको कारोबारमा युनिलिभर नेपाल, गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको हो। यि तीन वटै कम्पनीको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको हो।
युनिलिभर नेपालको सेयर भाउ १ हजार ७ सय ९९ रुपैयाँ ३० पैसाले बढेर १९ हजार ७ सय ९३ रुपैयाँ १० पैसा र गुराँस लघुवित्तको सेयर भाउ १ सय रुपैयाँले बढेर १ हजार १ सय रुपैयाँ पुगेको छ। यस्तै, हिमालयन हाइड्रोपावरको सेयर भाउ २२ रुपैयाँ ८० पैसाले बढेर २ सय ५० रुपैयाँ ८० पैसा पुगेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment