युनिलिभर नेपालको खुद नाफा ७४.१६ प्रतिशतले बढ्दा प्रति सेयर आम्दानी कति ?
काठमाडौँ। युनिलिभर नेपालले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार कम्पनीले १ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ७४.१६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ८६ करोड रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो।
कम्पनीको उत्पादन बिक्रीबाट हुने सञ्चालन आम्दानी ५ अर्ब ७३ रुपैयाँबाट बढेर ७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यो समिक्षा अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी १२ करोड २९ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यहि अवाधिम्मा कम्पनीले अन्य स्रोतबाट हुने आम्दानी ५ करोड रुपैयाँ मात्र गरेको थियो।
यो असारमसान्त सम्ममा सेयरपुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। अघिल्लो रिटेन्ड अर्निङमा २ अर्ब ५१ करोड रुपैयाँ थियो।
कम्पनीको प्रतिसेयर आम्दानी ७ सय १ रुपैयाँले बढेर १ हजार ६२९ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ९ सय २८ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर आम्दानी ७५.७४ प्रतिशतले बढेको छ। पीई रेसियो ११.२७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार ९४२ रुपैयाँ रहेको छ।







डिसी नेपाल








Facebook Comment