१७.६७ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
२३ साउन २०७९ १५:२३
48
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। आज नेप्से १७.६७ अंकले घटेर २ हजार १०६.१६ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८५ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज २० करोड ७१ लाखभन्दा बढीको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसुचकमध्ये २ वटा उपसुचक बढेको छ बहने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक कमाएका छन्। भने जानकी फाइनान्स र एनआइसी एशिया सेलेक फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.