मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२४ साउन २०७९ ८:५७
520
Shares

काठमाडौँ। मंगलबार अमेरिमी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ५९ पैसा र बिक्री दर १३० रुपैयाँ२० पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ८३ पैसा र बिक्री दर १५४ रुपैयाँ ५६ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६६ पैसा र बिक्री दर ८९ रुपैयाँ ०८ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ०२ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४३ पैसा र बिक्री दर ९ रुपैयाँ ४७ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८४ पैसा र बिक्री दर ३४ रुपैयाँ छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७५ पैसा र बिक्री दर ९ रुपैयाँ ८० पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.