बैंक अफ काठमाण्डूले १०.५० प्रतिशत ब्याज पाइने गरि ऋणपत्र निष्कासन गर्दै

डिसी नेपाल
२४ साउन २०७९ ९:३६
108
Shares

काठमाडौँ। बैंक अफ काठमाण्डूको १ अर्ब १० करोड रुपैयाँबराबरको ऋणपत्र भदौ २ गतेदेखि निष्कासन गर्ने भएको छ। बैंकले  प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

बैंकले सातवर्षे अवधिको लागि ‘बीओके डिबेन्चर २०८६ (क)’ नामक ऋणपत्र जारी गर्न लागेको हो। यस ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।

बैंकले जारी गर्ने ऋणपत्रमध्ये ६ लाख ६० हजार इकाइ ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख ४० हजार इकाइ ऋणपत्र सर्वसाधारणका लागि खुला गर्नेछ। सर्वसाधारणका लागि निष्कासन गरिने इकाइबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने २२ हजार इकाइ छुट्याइएको छ।

यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यपिटल लिमिटेडले गर्नेछ। लगानीर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यस ऋणपत्रमा छिटोमा भदौ ७ गते र ढिलोमा भदौ १६ गतेसम्म आवेदन दिन पाइनेछ।

लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट तथा मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.