सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट, भाग्यमानी ६ जनाले पाए ११ कित्ता
काठमाडौँ। सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ। निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाडौँ लाजिम्पाटस्थित कार्यालयमा आज बिहान १० बजे साधारण सेयरको बाँडफाँट गरेको हो ।
बिक्री प्रबन्धककानुसार उक्त आइपिओमा कुल १४ लाख १३ हजार ५७२ आवेदकबाट १ करोड ५४ लाख ९५ हजार ७९० कित्ता सेयर माग भएको थियो। तीमध्ये १ हजार १०४ आवेदकबाट परेको १२ हजार ८३० कित्ता सेयर बदर भएको छ।
बाँकी आवेदकमा ६७ हजार ५८ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। भने ६ जना भाग्यमानीले थप १–१ सेयर पाएका छन्। यस हिसाबले यो आईपीओमा सदर आवेदकमध्ये १३ लाख ४५ हजार ४१० जनाको हात खाली भएको छ।
कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म कुल ७ लाख २१ हजार ६० कित्ता आइपिओ बिक्रीमा ल्याएको थियो। जसमा ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका छन्।
यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।







डिसी नेपाल








Facebook Comment