काम खोज्दै नेपाल आउँछन् विदेशी, एक वर्षमा २१ सय ८१ जना लिए श्रम स्वीकृति

डिसी नेपाल
२४ साउन २०७९ १२:३०
812
Shares

काठमाडौं। वर्षेनी लाखौंको संख्यामा नेपाली रोजगारी खोज्दै खाडी र मलेसिया पुग्छन्। यसरी नै विदेशीहरु पनि रोजगारी खोज्दै नेपाल आउने गर्छन्, तर त्यति ठूलो संख्यामा भने होइन।

पछिल्ला वर्षहरुमा नेपाल श्रम स्वीकृति लिएर रोजगारीमा आउने विदेशीको संख्या बढ्दो छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा आउने विदेशीलाई श्रम स्वीकृति दिने गर्छ।

विभागका अनुसार पछिल्लो एक वर्ष अर्थात गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा काम गर्न २ हजार १८१ जना विदेशीले श्रम स्वीकृति लिएका छन्। सो अवधिमा ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार २३१ जनाले श्रम स्वीकृतिको अवधि थप गरेका थिए।

पछिल्ला वर्षहरुमा नेपालमा श्रम स्वीकृति लिई काम गर्न आउनेमा सबैभन्दा ठूलो संख्या चिनियाँको रहेको छ। २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने विदेशीमा १ हजार ६२९ जना चिनियाँ, १०६ जना बेलायती, ८६ जना अमेरिकी, ६१ जना जापानी र ५७ जना भारतीय नागरिक रहेको विभागले जनाएको छ।

२०७९ साल सुरु भएपछिको तीन महिना वैशाखमा १९६, जेठमा ३६० र असारमा ३२७ गरी कुल ८८३ जना विदेशीले विभागबाट श्रम स्वीकृति लिएका छन्। विभागका अनुसार हालसम्म नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशीको संख्या १८ हजार २३९ पुगेको छ। श्रम स्वीकृति लिएर काम गर्नेमध्ये १६ हजार ४४ जना पुरुष र २ हजार १९५ जना महिला रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.