संसदमा तथ्यांक विधेयकमाथि दफावार छलफल गर्न प्रस्ताव पेस
काठमाडौं। प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाको सन्देशसहित दफावार छलफल गर्न प्रस्ताव पेस भएको छ। गृहमन्त्री बालकृष्ण खाँणले विधेयक पेस गरेका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री खाँणलाई विधेयक पेस गर्न अनुमति दिएका थिए।
गृहमन्त्री खाँणले विधेयक पेस गरेपछि त्यसलाई सभामुख सापकोटाले छलफलका लागि निर्णयार्थ पेस गरेका थिए। विधेयकमाथि नेमकिपाका सांसद प्रेम सुवालले संशोधन हालेका थिए । उनले संशोधन प्रस्ताव हाल्नुको कारणबारे आफ्ना धारणा राखेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment