७.०६ अंकले घट्यो नेप्से, परिसूचक २०५५.७४ विन्दुमा

डिसी नेपाल
२५ साउन २०७९ १५:१५
36
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। आज नेप्से ७.०६ अंकले घटेर २ हजार ०५५.७४ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१७ कम्पनीको ४५ लाख ३६ हजार ०४३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९० करोड ७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नागरिक लगानी कोषको भएको छ। यसको आज १० करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचक मध्ये २ वटा उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा हिमालयन हाइड्रोपावरको सेयर भाउ ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने हिमालयन एभेरेष्ट इन्स्योरेन्सको सेयर भाउ ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.