कलाकार प्रदिप खड्का पुनः प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त

डिसी नेपाल
२६ साउन २०७९ ६:२९
220
Shares

काठमाडौं। प्रभु बैंकले ख्याती प्राप्त कलाकार अभिनेता प्रदिप खड्कालाई पुनः ब्राण्ड एम्बेटरमा नियुक्त गरेको छ। बैंकले नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खडकालाई एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकार प्रदिप खड्कालाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । खड्का विगत तीन वर्षदेखि प्रभु बैंकको ब्राण्ड एम्बास्डर रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.