गरिमा विकास बैंकको १ लाख ९ हजार ८११ कित्ता सेयर लिलामीमा

डिसी नेपाल
२६ साउन २०७९ १०:१५
344
Shares

काठमाडौँ। गरिमा विकास बैंकको १ लाख ९ हजार ८११ कित्ता सेयर आज (साउन २६ गते)देखि लिलामी ल्याएको छ। बैंकले संस्थापक समूहको उक्त सेयर लिलामीमा ल्याएको हो।

यस सेयरमा बैंककै संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्।  यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ ३१ गतेसम्म आवेदन दिन मिल्नेछ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाडौँ लाजिम्पाटस्थित कार्यालयमा, गरिमा विकास बैंकको लाजिम्पाटमै रहेको केन्द्रीय कार्यालय र शाखाहरु सभागृहचोक, पोखरा, वालिङ, बेनी, नारायणगढ र मलंगवामा पनि बोलपत्र पेस गर्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.