हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको ३० मिनेट नबित्दै कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर भाउ ३० रुपैयाँ ३० पैसाले बढेर ३ सय ३३ रुपैयाँ ६० पैसा पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment