हुतराज थापा राष्ट्रिय अनुसन्धानको पहिलो नम्बर एआइजीमा बढुवा, प्रमुख हुने बाटो खुल्यो
काठमाडौं । सरकारले मुलुकको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागमा एक एआईजीको दरवन्दी थप गरी गरेको बढुवाबाट हुतराज थापालाई आगामी मूख्य अनुसन्धान निर्दैशकमा सुरक्षित गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद बैठकले थापालाई पहिलो र ओम जोशीलाई दोस्रो नम्बरमा बढुवा गरेको हो ।
थापालाई पहिलो नम्बरमा एआइजी (अनुसन्धान निर्दैशक)मा बढुवा गरेसँगै सुरक्षा निकायमा पहिलो पटक माओवादीले चाहेको व्यक्ति प्रमुख बन्ने अवस्था आएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एक एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेपछि थापालाई मूख्य अनुसन्धान निर्देशक हुने बाटो खुलेको थियो ।
‘सरकारले राष्ट्रिय अनुसनधान विभागमा एक एआईजीको दरबन्दी थप गरेर दुई जनालाई बढुवा गर्ने निर्णय गरेको छ,’ एक मन्त्रीले भने । यसअघि पनि दुई एआईजी नै रहने व्यवस्था अनुसन्धान विभागमा थियो । तर केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला एक एआईजीको दरबन्दी कटौती गरेको थियो । अहिले फेरि एक एआईजीको दरवन्दी थप गरेको हो ।
हुतराज थापा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नजिक मानिन्छन भने जोशी प्रधानमन्त्री शेरबहादुर देउवासँग नजिक मानिन्छन् । अुनसन्धानमा थापा र जोशी मध्ये को बढुवा भन्ने विवाद भएपछिसरकारले एक एआईजीको दरबन्दी अुनसन्धान विभागमा थप गरेको हो ।
अहिले राष्ट्रिय अनुसन्धान विभाग प्रमुख यदु खरेल छन् । उनको भदौ २७ मा स्वतः उमेर हदका कारण अवकाश पाउने छन् । त्यसपछि थापा र जोशी मध्येबाट अुनसन्धान विभागको प्रमुख बन्ने बाटो खुल्ने भएपछि प्रचण्डको जोडबलमा थापालाई पहिलो नम्बरमा बढुवा गरिएको हो ।
अनुसन्धान विभागका लागि सरकारले राष्ट्रिय सेवा ऐन संशोधनका लागि संसदमा विधेयक छ । उक्त विधेयकका संसदमा छिनोफानो उनको अवकाशअगावै भएमा र विधेयकमा उमेर हद ६० वर्ष कामय रहे अहिलेकै खरेलले केही समय अझै निरन्तरता पाउने छन् ।







डिसी नेपाल








Facebook Comment