शेखर-गगन समूहलाई रचनात्मक बिद्रोह गर्न सोही समूहका विद्यार्थी नेताहरुको ध्यानाकर्षण पत्र

डिसी नेपाल
२८ साउन २०७९ १९:११
592
Shares

काठमाडौं। पछिल्लो समय नेपाली कांग्रेस निकट भ्रातृसंंस्था नेपाल विद्यार्थी संघ(नेविसंघ) र नेपाल तरुण दलको नेतृत्व मनोनयको विषयमा आन्तरिक विवाद सतहमा आएको छ।

सभापति शेरबहादुर देउवाले आफू अनुकूलका ब्यक्तिहरुलाई मात्र नेविसंघ,नेपाल तरुण मनोनयन गरेको भन्दै महामन्त्री गगन थापा र डा. शेखर कोइराला समूहका युवा तथा बिद्यार्थी नेताहरुले आफ्नै समूहका नेताहरुले त्यसको बिरुद्ध ठोस कदम चाल्न नसकेको आरोप लगाएका छन्।

शनिवार उनीहरुले कोइराला समूहका नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाई बर्तमान पार्टी नेतृत्वको बिरुद्धमा रचनात्मक बिद्रोहको तयार गर्न सुझाव दिएका छन्।उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघका ईकाई अध्यक्ष ,पार्टीका महाधिवेशन प्रतिनिधि,महासमिति सदस्य लगाएतका युवा तथा विद्यार्थीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन्।

उनीहरुले सो पत्र नेता कोइराला,महामन्त्री थापा,उपसभापति धनराज गुरुङ,सहमहामन्त्रीद्धय बद्रि पाण्डे,जीवन परियार,नेताहरू अर्जुननरसिंह केसी,डा.रामशरण महत,बलबहादुर केसी, हृदयराम थानी,गुरुराज घिमिरे समक्ष बुझाएका छन्।

विद्यार्थी तथा तरुण दलका नेताहरु निरन्जन थापा,पुष्कर बास्तोला लक्ष्मि दहाल,बिष्णु खड्का,अमृत ज्ञवाली पेम्बा शेर्पा,सागर पाण्डे,विश्व लामा,कौशिला गुरुङ लगायतले ध्यानाकर्षण पत्र बुझाएका थिए । सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्ष विद्वान गुरुङलाई मनोनित गर्दा आफूहरुसँग छलफल नगरी निर्णय लिएको कोइराला समूहको आरोप रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.