एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
ओली निवास बालकोटमा भएको भेटवार्तामा राष्ट्रिय राजनीतिका समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
उनीहरुबीच चुनावी तालमेल र सहकार्यका विषयमा सामान्य छलफल भएको र त्यसका लागि संवाद सुरु भएको राप्रपाका एक नेताले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै दलसँग संवादको ढोका खुल्ला राखेको बताउँदै उनले यसबारेमा पार्टीको अब बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थप निर्णय गर्ने जानकारी दिए ।
राप्रपा महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले अध्यक्ष ओलीलाई भेटेको दुई दिनपछि अध्यक्ष लिङ्देनले एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment