नेता विनय रावलले दिए कांग्रेस महाधिवेशन प्रतिनिधिबाट राजीनामा

डिसी नेपाल
२८ साउन २०७९ २२:०८
176
Shares

बर्दिया । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विनय रावलले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन ।

उनले महाधिवेशन प्रतिनिधि पदबाट राजिनामा दिँदै बैकल्पिक राजनिती गर्ने घोषणा गरेका छन ।

स्रोतका अनुसार उनको केहि दिनमै नेपाली कांग्रेसको साधारण सदस्यबाट पनि राजिनामा दिने तयारी छ ।

नेपाली कांग्रेस बर्दियाबाट प्रतिनिधित्व गर्ने उच्च नेतृत्वले प्रयोग गरेको तर अवसर नदिएको रावलले बताए । उनले विकसित र व्यवस्थित बर्दिया बनाउन कुनैपनी त्याग गर्नसक्ने बताए ।

रावलको सचिवालयका एक सदस्यका अनुसार रावलले बर्दियाको विकासलाई छोटो समयमानै आफ्नो ब्यक्तिगत प्रयासमा अगाडि लगेपछि यहाँका पुराना नेताहरू सशंकित भएका हुन ।

त्यसपछि रावललाई रोक्ने प्रयास हुन थालेपछि दिक्क भएर रावलले राजिनामा दिएको उक्त सचिवालय सदस्यको भनाइ छ ।

छोटो समयमै नेपाली कांग्रेसको राजनीतिमा केन्द्रिय महाधिवेशन प्रतिनिधि भएका रावल समाजसेवी समेत हुन ।
उनले आफ्नो ब्यक्तिगत तर्फबाट बर्दियाका जनताको लागि लाखौं रुपैयाँ सहयोग गरेका छन । उनी बर्दियाका समाजसेवीका रुपमा पनि चिनिन्छन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.