हिमालयन डिस्टिलरीको खुद नाफा १ अर्ब ५ करोड, प्रति सेयर आम्दानी कति ?

डिसी नेपाल
२९ साउन २०७९ ९:३०
156
Shares

काठमाडौँ। हिमालयन डिस्टिलरीको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १.३३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत वर्ष बढाएर १ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ।

कम्पनीको उत्पादन बिक्रीबापतको आम्दानी ७ अर्ब ५८ करोड रुपैयाँ कमाएको छ।  यो अघिल्लो वर्षको यहि अवधिको तुलनामा १६.५३ प्रतिशतले धेरै हो।  अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको थियो।

असार मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा भने घटेको छ। कम्पनीको सञ्चालन मुनाफा १ अर्ब ४७ करोड रुपैयाँबाट घटेर १ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ। रिजर्भ आकार १६.५० प्रतिशतले बढेको हो।  अघिल्लो वर्षको यहि अवधिमा कम्पनीको रिजर्भ आकार १ अर्ब १३ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ६९.५० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ६८.५८ रुपैयाँ थियो। पीई रेसियो ४९.०७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १८७.२२ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.