५ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

डिसी नेपाल
२९ साउन २०७९ ११:१३
160
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोला ९७ हजार ८०० रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज ५०० रुपैयाँले बढेर प्रति तोला ९७ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.