ओलीले भने- मसँग उपचार गर्ने पैसा छैन
काठमाडाैं।। नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन्। आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए।
नेपाल युवा परिषदले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए। उनले सांसदबाट आउने पैसाले अहिले उपचार गराइरहेको बताए।
ओलीले भने, ‘सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ। नभए म र मेरो श्रीमतीसँग केही छैन। हामीले हाम्रो सबै सम्पति सरकारको नाममा गरिदिएका छौं। तपाईंहरुलाई थाहा छँदैछ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन।’
उनले आफू युवाहरू जत्तिकै सक्रिय रहेको पनि बताए। ‘म युवाभन्दा कम सक्रिय छैन। मसँग बसेर काम गर्ने युवा मेरो साथमा रहँदा थाक्छन् म थाकेको छैन,’ ओलीले भने।
आफूले पार्टीमा परिवारवादलाई निरुत्साहित गरेको भन्दै उनले आफ्ना भाइ गाउँमा खेति किसानी गरेर बसिरहेको बताए। ओलीले भने, “मेरो भाइ १० कठ्ठा जग्गामा हलो जोतेर बस्छ।” त्यसैगरी आफ्नी श्रीमतीलाई पनि राजनीतिमा नल्याएको ओलीले बताए।







डिसी नेपाल








Facebook Comment