अब ५० सेकेण्डमै खल्तीमार्फत किन्नुहोस् क्यूएफएक्सको मुभी टिकट

डिसी नेपाल
२९ साउन २०७९ १२:१५
40
Shares

काठमाडौँ। खल्तीले मुभी टिकट खरिद थप सरल बनाउनका लागि क्यूएफएक्ससँग साझेदारी गरेको छ। अब खल्ती प्रयोगकर्ताले ५० सेकेण्डमै खल्तीमार्फत क्यूएफएक्सको मुभी टिकट खरिद गर्न सक्नेछन् र यो सुविधा विशेष खल्तीको एपमा मात्र उपलब्ध रहेको छ।

यसअघि क्यूएफएक्सको मुभी टिकट खरीद क्यूएफएक्सकै वेब साईट लग ईन गरि वा क्यूएफएक्सको एपबाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारी पश्चात खल्ती प्रयोगकर्ताले सिधै खल्ती एपमार्फत मुभी टिकट खरीद गर्न सक्नेछन्। साथै, क्यूएफएक्सको एप र वेबबाट पनि टिकट खरिद गरि खल्तीबाट पनि भुक्तानी गर्न सकिनेछ।

खल्ती एप भित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै केहि ट्यापमै छनौट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरे पश्चात क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ। साथै खल्तीमा आफ्नो बैंक लिंक गरि प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाताबाटै भुक्तानी प्रक्रिया पुरा गर्न सक्नेछन्।

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,“खल्तीलाई हामी हरेक नेपालीको जीवनसैलिको रूपमा स्थापना गर्ने उदेश्यका साथ अघि बढिरहेको छौं। मनोरंजन क्षेत्रमा पनि क्यूएफएक्स जस्तो प्रचलित सिनेमा हलसंग सहकार्य गर्न पाउदा हामी निकै खुशी छौं। खल्ती र क्यूएफएक्स बिचको यस साझेदारीले मुभी टिकट खरिद प्रकृयालाई अझै सहज बनाउने र यसले चलचित्र प्रेमीहरू माझ निकै हर्ष छाउने आशा राख्दछौँ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.