अभियान लघुवित्तको आइपिओ सोमबार बाँडफाँट हुने

डिसी नेपाल
२९ साउन २०७९ १३:३५
64
Shares

काठमाडौँ। अभियान लघुवित्त वित्तीय सँस्थाको आईपिओ सोमबार बाँडफाँड हुने भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार सोमबार बिहान ८ बजे क्यापिटलको कार्यलयमा आइपिओ बाँडफाँट हुने भएको हो। ।

कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म ९ लाख ७५ हजार कित्ता आऐपिओ जारी गरेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको निष्काशन गरेको हो। जारी गर्ने आइपिओमध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.