हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ४७ पैसा र बिक्री दर १३१ रुपैयाँ ०८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५४ रुपैयाँ २७ पैसा र बिक्री दर १५५ रुपैयाँ छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३५ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर १३५ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ५६ पैसा र बिक्री दर ९० रुपैयाँ ९९ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १०० रुपैयाँ ०२ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५३ पैसा र बिक्री दर ९ रुपैयाँ ५७ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८६ पैसा र बिक्री दर ३४ रुपैयाँ ०२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९ रुपैयाँ ८१ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment