खप्तड लघुवित्तले १ लाख ३२ हजार कित्ता आइपिओ भदौ ८ गतेदेखि बिक्री गर्दै
काठमाडौँ। खप्तड लघुवित्तले १ लाख ३२ हजार कित्ता आइपिओ भदौ ८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी गर्ने आइपिओमध्ये ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यस आइपिओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। यस आइपिओमा लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताको लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। केयर रेटिङ नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।







डिसी नेपाल








Facebook Comment