अभियान लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा
काठमाडौँ। अभियान लघुवित्तको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धककानुसार उक्त आइपिओमा कुल १९ लाख ८० हजार ९७० आवेदकबाट २ करोड १९ लाख १२ हजार ६७० कित्ता सेयर माग भएको थियो। तीमध्ये २ हजार ३७६ आवेदकबाट परेको २५ हजार ५७० कित्ता सेयर बदर भएको छ।
बाँकी आवेदकमा ९१ हजार ३७५ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। यस हिसाबले यो आईपीओमा सदर आवेदकमध्ये १८ लाख ८७ हजार २१९ जनाको हात खाली भएको छ।
कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। यो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । भने, बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए।
यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।







डिसी नेपाल








Facebook Comment