मध्य भोटेकोशी जलविद्युत अझै १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा
काठमाडौँ। मध्य भोटेकोशी जलविद्युत कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा छ। अघिल्लो वर्षको यसै अवधिको तुलनामा भने नोक्सान कम भएको हो। अघिल्लो वर्ष ३ करोड ४७ लाख रुपैयाँ नोक्सानमा थियो। कम्पनीले ५ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरे पनि प्रशासनिक खर्चका कारण सञ्चालन नोक्सान ७ करोड ३१ लाख रुपैयाँ पुगेको छ।
हाल मध्य भोटेकोशीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ छ। रिजर्भ कोष ३० करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यो कम्पनी चौथो त्रैमाससम्म प्रतिसेयर २६ पैसा नोक्सानमा छ। यसको प्रतिसेयर नेटवर्थ पनि ९४ रुपैयाँ ९५ पैसा रहेको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदीको पानी प्रयोग गरी १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।







डिसी नेपाल








Facebook Comment