दुई दिनमा ११ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
३१ साउन २०७९ ११:१२
424
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रति तोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९७ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज ७०० रुपैयाँले घटेर प्रति तोला ९६ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको ९६ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय २० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.