आजको फलफूल र तरकारीको मूल्य

डिसी नेपाल
३१ साउन २०७९ ११:२५
156
Shares

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ तोकेको छ।

यस्तै अनार २९० रुपैयाँ, अमला ११० रुपैयाँ, अम्बा १३० रुपैयाँ, एभोकाडो ४७५ रुपैयाँ, रातो आलु ५९ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, कागती २३० रुपैयाँ, कुरीलो ४७५ रुपैयाँ, किवी ६२५ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, अकबरे खुर्सानी १४० रुपैयाँ र गुन्दुक २७५ रुपैयाँ छ।

त्यसैगरी नेपाली ठूलो गोलभेडा ५२ रुपैयाँ ५० पैसा, भारतीय ठूलो गोलभेडा ५३ रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ३२ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा, घिरौला ३५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ १९३ रुपैयाँ ३३ पैसा, डल्ले च्याउ ३२५ रुपैयाँ, झिगुनी ४२ रुपैयाँ ५० पैसा, छडी २३५ रुपैयाँ, बुचवा २६० रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ३६ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ र निउरो १०६ रुपैयाँ ६७ पैसा रहेको छ।

त्यस्तै, परवल प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, पिंडालु ५७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३७ रुपैयाँ, तने बोडी ७५ रुपैयाँ, ब्रोकाउली २४० रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, भिण्डी ४४ रुपैयाँ, भुई कटहर १८३ रुपैयाँ ३३ पैसा, रायोको साग १६५ रुपैयाँ, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइजिन लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन १२६ रुपैयाँ ६७ पैसा, लौका ३६ रुपैयाँ ६७ पैसा, स्कूस ४२ रुपैयाँ ५० पैसा र फूजी स्याउ २९० रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.