गुराँस लाइफ इन्स्योरेन्सले बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको १८९ औँ बैठकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट ७.४४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्नको लागि ०.३९ प्रतिशत नगद लाभांश खर्च गर्नेछ।
कम्पनीले ७.४४ प्रतिशतले हुन आउने १५ करोड ५१ लाख २० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशतले हुन आउने ८१ लाख ६४ हजार २१०.५३ रुपैयाँ नगद लाभांश दिने भएको हो।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ।








डिसी नेपाल








Facebook Comment