माओवादी केन्द्रमा आबद्ध युवाहरूको ठूलो समूह नेकपा एमाले प्रवेश

डिसी नेपाल
३१ साउन २०७९ १८:४७
252
Shares

महोत्तरी । माओवादी केन्द्रमा आबद्ध महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ ।

युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापासहित युवाहरूको ठुलो समूह आज नेकपा एमालेमा प्रवेश गरेको हो ।

एमाले अध्यक्ष केपी सर्मा ओलीले आज एक कार्यक्रमकाबीच जिल्लाबाट काठमाडौं बोलाएर उनीहरूलाई प्रवेश गराएका हुन ।

प्रवेश गर्नेहरूमा बर्दिबासका स्थानीय नेता नीरज अधिकारी, रामगोपालपुर र गौशालाबाट समेत झण्डै १ दर्जन युवाहरूलाई अध्यक्ष ओलीले खादा र अबिर लगाएर प्रवेश गराएका थिए ।

निर्वाचन नजिकिँदै गर्दा युवाहरूको ठुलो समूह प्रवेश गर्नुलाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ । पाटीले क्षमता भएका युवाहरूलाई निषेध गरेको हुनाले नेकपा एमाले रोजेको उनीहरूको भनाइ छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.