सीपी गजुरेल समुह चुनावमा भाग लिने, विप्लव बहिस्कारमा
काठमाडौँ। आगमी ४ मङ्सिरमा हुन गईरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ। तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसदका दुवै चुनाव बहिस्कार गर्ने भएको हो।
शान्ति प्रक्रियमा आएपनि अझै पनि मुद्धाहरु फिर्ता नभएको भन्दै सरकारकासँग आक्रोशित चन्द समुहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ।
उता, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टी मार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। गजुरेल नेतृत्वको सो मोर्चा बैद्य समुहको एक घटक हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment