नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर लिलामीमा आउँदै

डिसी नेपाल
२ भदौ २०७९ १०:०२
64
Shares

काठमाडौं। नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर भदौ ८ गतेदेखि लिलामीमा आउने भएको छ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम ३२५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा भदौ २२ गतेसम्म आवेदन दिन मिल्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालय र ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.