शुभलक्ष्मी म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन

डिसी नेपाल
२ भदौ २०७९ ११:४०
60
Shares

काठमाडौँ। लक्ष्मी क्यापिटलले बिक्री खुला गरेको खुलामुखी म्युचुअल फन्डमा आवेदन दिने बिहीबार अन्तिम दिन हो। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ।

लक्ष्मी क्यापिटलले १९ साउनदेखि ‘शुभलक्ष्मी कोष’ को कुल पाँच करोड इकाइ निष्कासन गरेको हो। जसमध्ये ७५ लाख इकाइ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ।

बाँकी चार करोड ७५ लाख इकाइमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि एक करोड ७५ लाख इकाई बिक्री खुला गरिएको योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ।

लक्ष्मीको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो खुलामुखी योजना हो। प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.