प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला हुँदै

डिसी नेपाल
२ भदौ २०७९ १२:००
176
Shares

काठमाडौँ। प्रभु बैंकले १० भदौदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४० रुपैयाँ तोकेको छ।

लगानीकर्ताले १४० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाहरुले १७ भदौसम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकि लिमिटेड नक्साल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन्। यसमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.