पिपुल्स पावरको आइपीओमा साढे चार गुणा बढी आवेदन

डिसी नेपाल
२ भदौ २०७९ १२:०७
100
Shares

काठमाडौँ। पिपुल्स पावर कम्पनीको आइपीओमा एक अर्ब चार करोड ३८ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार २ भदौ बिहान १०ः०५ बजेसम्ममा नौ लाख ३ हजार ६६६ जनाले एक करोड चार लाख ३८ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन्। यो सर्वसाधारणका लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४.५४ गुणा बढी आवेदन हो।

पिपुल्स पावरले ३१ साउनबाट सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो। योमध्ये ५ प्रतिशत अर्थात् एक लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसमा ५ भदौसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.