दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
२ भदौ २०७९ १२:४५
144
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको दोस्रो दिन पनि मन्दाकिनी हाइड्रोपावर र श्वेत गङ्गा हाइड्रोपावरको सेयर भाउ बढेर सकारात्मक सर्किट लागेको हो।

मन्दाकिनी हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले बढेको छ भने श्वेत गङ्गा हाइड्रोपावरको सेयर भाउ ९.९७ प्रतिशतले बढेको छ।

मन्दाकिनी हाइड्रोपावरको सेयर भाउ २६ रुपैयाँ १० पैसाले बढेर २ सय ८७ रुपैयाँ १० पैसा र श्वेत गङ्गा हाइड्रोपावरको सेयर भाउ २९ रुपैयाँ ५० पैसाले बढेर ३ सय २५ रुपैयाँ ४० पैसा पुगेको छ। मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.