अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

डिसी नेपाल
२ भदौ २०७९ १२:५५
252
Shares

काठमाडौँ। अपर तामाकोसी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित शुक्रबार वार्षिक साधारण सभा बस्ने भएको छ। १ः१ अनुपातमा हकप्रद जरी गर्ने प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको हो। साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजे सुरु हुनेछ। सभा प्रयोजनका लागि १८ साउनमा बुक क्लोज गरिएको थियो।

१७ साउनसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन्। सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एकजना महिलासहित चारजना सञ्चालनको निर्वाचन गर्ने प्रस्ताव पनि छ।

साधारणसभामा अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा दोलखा जिल्लाका सामाजिक संस्थालगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.