आज पदाधिकारीको टुंगो लगाउँदै माओवादी केन्द्र, देव गुरुङलाई महासचिव बनाउने तयारी
काठमाडौं । लामो समयदेखि पदाधिकारी चयन गर्न नसकेको नेकपा(माओवादी केन्द्र)ले आज पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ । माओवादी अध्यक्ष प्रचण्डले आज बेलुका ६ बजे बस्ने स्थायी कमिटी बैठकमा पदाधिकारीको प्रस्ताब पेश गरि अनुमोदन गराउने आन्तरिक तयारी गरेका छन् ।पदाधिकारी चयन गर्ने सम्पुर्ण अधिकार आफूले पाएसँगै उनले आन्तरिक तयारी तीब्र बनाएका हुन्।
एक स्थायी समिति सदस्यले दिएको जानकारी अनुसार आज बेलुकासम्म सबै पदाधिकारी चयन गर्ने तयारीमा प्रचण्ड लागेका छन् । उनका अनुसार बैठकमा अध्यक्ष प्रचण्डद्धारा प्रस्तुत गरिने प्रस्ताबलाई स्थायी समितिले अनुमोदन गर्ने तयारी छ ।
माओवादीले विधान अनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्नेछ। जसअनुसार महासचिवमा देव गुरुङलाई प्रस्ताब गर्ने संभावना प्रबल रहेको बताइएको छ । महासिचवका दाबेदार नेताद्धय वर्षमान पुन र अर्थ मन्त्री जर्नादन शर्मालाई उपाध्यक्ष बनाउने गरि गुरुङलाई महासचिव बनाउन लागिएको हो ।
बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ निश्चित जस्तै छन् । अन्य ६ जना उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, हरिबोल गजुरेल, मातृका यादव लगायतको संभावना बढ्दो छ । माओवादीले १५ सदस्यीय पदाधिकारीमध्ये हालसम्म अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन् ।







डिसी नेपाल








Facebook Comment