हिन्दुराष्ट्र पुनर्स्थापना अभियानलाई सशक्त बनाउन राप्रपाको ‘कोष वृद्धि’ अभियान सुरु
काठमाडौं । राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन ‘कोष वृद्धि’को अभियान सुरु गरेको छ ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको आह्वानसहित बिहीबारदेखि ‘कोष वृद्धि’ अभियानको सुरु गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यसबारे प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्ति :

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment