दबाबमूलक सरसफाई अभियानको चौथो दिन : राष्ट्रिय युवा संघले गोंगबु चोकको फोहर उठायो

डिसी नेपाल
२ भदौ २०७९ २१:३२
104
Shares

काठमाडौँ – दबाबमूलक सरसफाई अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौँस्थित गोंगबु चोक क्षेत्रको फोहर संकलन गरेको छ । युथ फोर्स विभागको व्यवस्थापनको संघले आयोजना गरेको उक्त अभियान अन्तर्गत चौँथो दिन ४ टिपर फोहर संकलन भएको हो ।

पछिल्लो समय राष्ट्रिय युवा संघ नेपालले सम्बन्धित निकायलाई नैतिक दबाब दिन काठमाडौँका विभिन्न क्षेत्रमा थुप्रिएको फोहर संकलन गर्ने अभियान संचालन गरिरहेको छ । काठमाडौँमा चुलिएको फोहरमैलाको विकराल समस्याविरुद्धको दबाबमूलक सरसफाई अभियान अन्तर्गत संघले पहिलो दिन अर्थात् सोमबार नयाँ बानेश्वर तथा पुरानो बानेश्वर क्षेत्रमा थुपारिएको फोहर संकलन गरेको थियो । त्यस्तै अभियानको दोस्रो दिन अर्थात् मंगलबार कालोपुलमा थुप्रिएको फोहर संकलन गरिएको हो । अभियान अन्तर्गत तेस्रो दिन चाबहिल–गौशाला क्षेत्रको फोहर संकलन गरिएको थियो ।

सडकमा थुप्रिएको फोहोरले दुर्गन्ध बढ्नुका साथै विभिन्न रोगको खतरा बढेकाले राज्यलाई दबाब दिन फोहर संकलन अभियान सुरु गरिएको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । फोहर संकलन अभियान उपत्यकाका विभिन्न क्षेत्रमा निरन्तर संचालन गरिने र फोहर विसर्जन गर्ने स्थलसम्म पुराइने अध्यक्ष पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले भने,‘अभियानको पाँचौँ दिन पनि राजधानीमै फोहर संकलन गछौँ ।‘




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.