वेस्ट इन्डिजविरुद्ध भारत १० विकेटले विजयी
काठमाडौं। जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले बिहीबार राति १० विकेटको जित निकालेको छ।
यससँगै तीन खेलको शृंखलामा १-० ले अघि रह्यो। १९० रनको लक्ष्य भारतले बिना विकेट ३० ओभर ५ बलमा पूरा गरेको हो । भारतका शिखर धवनले ८१ र शुभमन गिलले ८२ रन बनाए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले ४० ओभर ३ बलमा सबै विकेट गुमाउदै १८९ रन बनायो। कप्तान रिगिस चाकाभाले ३५ तथा रिचार्ड नगाभाले ३४ रन बनाए । भारतका लागि दीपक चाहर, प्रसिद्ध कृष्णा तथा अक्षर पटेलले समान तीन विकेट लिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment