अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
३ भदौ २०७९ ८:५२
596
Shares

काठमाडौँ। शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १८ पैसा र बिक्री दर १२७ रुपैयाँ ७८ पैसा कायम गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८२ पैसा र बिक्री दर १२७ रुपैयाँ ४२ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ३३ पैसा र बिक्री दर १२९ रुपैयाँ ९४ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ४६ पैसा र बिक्री दर १५४ रुपैयाँ १८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३३ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ४८ पैसा र बिक्री दर ८८ रुपैयाँ ९० पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ १२ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४१ पैसा र बिक्री दर ९ रुपैयाँ ४५ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७३ पैसा र बिक्री दर १८ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८७ पैसा र बिक्री दर ३४ रुपैयाँ ०३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७८ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६२ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.