माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, अरु को-को परे पदाधिकारीमा ?

डिसी नेपाल
४ भदौ २०७९ १६:०९
156
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देव गुरुङलाई महासचिव बनाउन प्रस्ताव गरेका छन् ।

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । दाहालले गुरुङलाई महासचिव सहित २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेपछि बैठकले उनीहरुको नाम अनुमोदन गर्नेपर्ने हुन्छ । यसअघि महासचिवको चर्चामा रहेका नेताद्वय वर्षमान पुन र जनार्दन शर्माबीच सहमति जुटाउन नसकेपछि दाहालले गुरुङलाई महासचिव बनाउने प्रस्ताव ल्याएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा साथै उपमहासचिवमा गिरीराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन् ।

त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की साथै कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव भएका छन् ।

माओवादीको विधान अनुसार पदाधिकारीमा अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, अन्य उपाध्यक्षहरु, महासचिव १ जना, उपमहासचिवहरु, सचिवहरु, कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ। माओवादी केन्द्रले ३७७ केन्द्रीय सदस्यको टुंगो यसअघि नै लगाइसकेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.