बेरोजगारी अन्त्य गर्न वर्तमान सरकार केन्द्रित छः मन्त्री कार्की
file photo
सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घर–घरमा रोजगार सिर्जना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा आज नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले वर्तमान सरकारले सूचना प्रविधिको विकास गरेर घर–घरमा रोजगारी सिर्जना गर्ने कार्यमा केन्द्रित भएको बताएका हुन् ।
देशमै रोजगारी नहुँदा युवाहरूले खाडी मुलकमा गएर जोखिम मोलेर कार्य गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई अन्त्य गर्नका लागि वर्तमान सरकार विभिन्न किसिमको कार्य गरिरहेको दाबी गरे। स्वदेशमै रोजगारीको सिर्जना नहुँदा युवाले जोखिमुक्त कामका लागि विदेश जानुपर्ने बाध्यता रहेकाले त्यसलाई अन्त्य गर्नका लागि आफूले सक्दो पहल गर्ने विश्वास दिलाए ।
नेपाली युवालाई उच्च तापक्रममा श्रम बेच्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए । मुलुकलाई विकसित तुल्याउनका लागि सबै मिलेर देशबाट बेरोजगार र गरिबीलाई अन्त्य गर्न आवश्यक रहेको मन्त्री कार्कीले बताए । उनले अहिले मुलुक बेरोजगार र गरिबीको चपेटामा परेका कारणले त्यसलाई १० वर्षभित्रमा अन्त्य गरेर दक्षिण एसियाको धनी देशका रूपमा विकसित गर्न सरकारले चाहेको जानकारी दिए ।
बेरोजगारीको चपेटामा परेकाले भाषणमा मात्र नभई व्यवहारमा त्यसलाई अन्त्य गर्नका लागि चाहेको उल्लेख गर्दै समृद्ध देश निर्माणका लागि जुट्न सबैलाई अपिल गरे । सोही अवसरमा मन्त्री कार्कीले सुनसरी क्षेत्र नं ४ को विभिन्न स्थानमा नेटवर्कको समस्या हुँदै आएको त्यसलाई समाधान गर्नका लागि नेटवर्क विस्तारको कार्य गर्दै त्यसको एक कार्यक्रमको बीच उद्घाट







डिसी नेपाल








Facebook Comment