विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरिको निधनप्रति दुःख व्यक्त
काठमाडौँ। नेपालसँग सीमा जोडिएको भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन्।
‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरिको निधन दुःखद। उनी नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक थिए,’ नितिश कुमारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘उनले सबै राजनीतिक दलबाट आदर र सम्मान प्राप्त गरेका थिए ।’
कांग्रेस नेता गिरिको निधन शनिबार राति भएको हो ।
नेपाली कांग्रेस के वरिष्ठ नेता एवं प्रतिनिधि सभा के माननीय सदस्य प्रदीप गिरि जी का निधन दुःखद। वे नेपाली राजनीति के दार्शनिक और समाजवादी विचारक थे। उन्होंने राजनीतिक सीमाओं के परे सभी विचारधारा के राजनीतिक दलों का आदर एवं सम्मान प्राप्त किया। ईश्वर उनकी आत्मा को शांति दें।
— Nitish Kumar (@NitishKumar) August 21, 2022







डिसी नेपाल








Facebook Comment