प्रचण्ड र नेपालबीच भेटवार्ताः एउटै घोषणापत्रबाट चुनाव लड्ने र पार्टी एकता संयोजन समिति गठनबारे छलफल
फाइल फोटो
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सो भेटवार्तामा एउटै घोषणापत्रबाट चुनाव लड्न र र पार्टी एकता संयोजन समिति गठनबारे छलफल छलफल भएको प्रचण्ड निकट एक नेताले जानकारी दिएको छ।
ललितपुरको हात्तीवनस्थित प्रचण्डका भान्जाको निवासमा दुई पार्टीका शीर्ष नेताबीच छलफल भएको हो । र छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी भएको ति नेताले बताएका छन्। छलफलमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एकताका लागि संयोजन समिति गठन गर्ने सहमति भएको ति नेताले बताए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment