बाबुरामले सुविधानगरमा खोले पार्टी केन्द्रीय कार्यालय

डिसी नेपाल
६ भदौ २०७९ १६:२३
96
Shares

काठमाडौं।डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा खोलिएको छ । भट्टराईले सोमबार पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा खोलेको जानकारी दिए ।

उनले पार्टीका पाँच प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका अनुसार नेसपाको पाँच प्रतिबद्धतामा समावेशीता, संघीयता, सुशासन, समृद्धि र समाजवाद हुन् ।

जसपासँग असन्तुष्ट रहँदै बाबुरामले छुट्टै पार्टी गठन गरेका हुन् । उनको पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर आगामी निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.